बीमाका विषयमा प्रहरी र यातायात व्यवसायीवीच बीमा प्राधिकरणको अन्तरक्रिया

विराटनगर २३ जेठ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजानमा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा नेपाल प्रहरी तथा यातायात व्यवसायीकाबीचमा अन्तरक्रिया गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

मोटर बीमाका विषयमा भएका ऐन कानुनका विषयमा जानकारी गराउने उद्देश्य साथै सुझाव समेत संकलन गर्ने उद्देश्यका साथकार्यक्रम गरिएको प्राधिकरणले जनाएको छ । अन्तरक्रिया कार्यक्रममा यातायात व्यवसायीहरूले बीमा भुक्तानीका लागि विभिन्न समस्या झेल्नु परेको बताउनुभयो । यातायात व्यवसायी हरी थापाले संघ र प्रदेशको ऐन, कानुन फरक–फरक हुँदाबीमाभुत्तानीकालागि धेरै नै झन्झट व्यहोर्न बाध्यहुनुपरेको बताउनुभयो ।

बीमा कम्पनीहरूले अनेकन दुःख दिएका कारण भुक्तानीमा समस्या भइरहेकाले यसको समाधानका लागि प्राधिकरणले विशेष भुमिका खेल्नुपर्ने उहाँको भनाइ थियो । नेपाल बीमा व्यवसाय समाजका अध्यक्ष खड्ग श्रेष्ठले नियमनकारी निकायले बनाएको ऐन, कानुनलाई आधार मानेर बीमाकम्पनीहरूले कामगर्ने गरेको बताउनुभयो । बीमाकम्पनीहरूले दुर्घटना भएको अवस्था हेरेर कानुनअनुसार क्षतिपूर्ति दिने गरेको उहाँले बताउनुभयो । साना र ठूला सवारी दुर्घटनाको हकमाभने केही समस्या रहेको र सम्बन्धितपक्षले यस विषयमा स्पष्ट ऐन ल्याउनआवश्यकभएको उहाँको भनाइ थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले बीमाकम्पनीहरूले धेरै बदमासीगर्ने गरेकाहुँदायसलाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो । यसरी प्राधिकरणले सबैलाई एकै ठाउँमा राखेर छलफल तथा अन्तरक्रियागर्दा बीमा क्षेत्रमा भएका समस्यालाई पहिचानगर्दै समाधानका उपायहरू पहिल्याउन सजिलो हुने उहाँले बताउनुभयो । उहाँले सवारी दुर्घटना न्यूनीकरण गर्न बीमाप्राधिकरण, बीमाकम्पनी, प्रहरी, यातायातव्यवसायीलगायतले हालेमालो गरेर अगाडी बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । बीमाको भुक्तानी बढाएर नभई दुर्घटना घटाएर बीमाको भुक्तानी घटाउनुपर्ने उहाँको भनाइ थियो ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले छलफलका क्रममा उठेका समस्याहरूलाई सबैले मिलेर समाधानगर्नुपर्ने बताउनुभयो । यातायात व्यवसायी, बीमा कम्पनी, बीमा प्राधिकरण, प्रहरी जसका कारण बीमा भुक्तानीमा समस्या भएका भएपनि आगामी दिनमा सुधार गर्दै लानुपर्ने बताउनुभयो । ऐन, कानुन र व्यवहारीक समस्याका कारणले पनि कहिले काँही समस्याआएको हुनसक्ने उहाँको भनाइ थियो ।

प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) जयराज सापकोटाले यातायातव्यवसायीलाई सवारी साधन चुस्तदुरुस्त राख्न र सवारी चालकलाई सचेत गराउन सुझाव दिनुभयो । उहाँले यातायातव्यवसायीहरूलाई प्रहरीलाई दोष लगाएर आफ्नाकमजोरीको ढाकछोप नगर्न आग्रह गर्नुभयो ।

छलफलका क्रममा आएका गुनासातथा सुझावहरूलाई सम्बोधन गर्न प्राधिकरणले विशेष भूमिका खेल्ने नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुखविनोद कुमार पोखरेलले बताउनुभयो । बीमा दाबी भुक्तानी नभएको भनेर प्राधिकरणमा चालु आर्थिक वर्षको हालसम्म ५२ वटा उजुरी परेको उहाँले जानकारी दिनुभयो ।