विराटनगर १० जेठ । नेपाल प्रेस यूनियनको ३३ औं स्थापना दिवसको उपलक्ष्यमा आज विराटनगरमा तीन दशकभन्दा वढी कार्य गर्ने पाँच जना संचारकर्मीहरुलाई सम्मान गरिएको छ । युनियनको कोशी प्रदेश कमिटीद्वारा आयोजित उक्त कार्यक्रममा सम्मानित हुने सञ्चारकर्मीहरु गोविन्द क्षेत्री, गिरिराज आचार्य, हर्ष सुव्वा , भारतीय उपाध्याय र कृष्ण आचार्यलाई दोसल्ला एवं प्रमाणपत्रद्वारा सम्मान गरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले अग्रज पत्रकारहरुलाई सम्मान गर्दै सञ्चार क्षेत्रमाथि हुने आक्रमण कुनै किसिमले सह्य नहुने बताउर्दै नेकां प्रेस स्वतन्त्रताको पक्षमा सदैव रहने विचार व्यक्त्त गर्नु भयो । उहाँले सत्यको बाटो कठिन भएपनि अन्तिममा विजयी प्राप्त हुने छ भन्दै युनियनकर्मीहरुलाई स्वतन्त्र अभिव्यक्ति पक्षमा सदैव लाग्न आग्रह गर्नु भयो ।
यूनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले सञ्चार क्षेत्रमाथि भएको आक्रमण स्वतन्त्र प्रेस माथि अंकुश भएकोले त्यसको निन्दा एवं भत्र्सना गर्नु भयो । उहाँले युनियन सञ्चारकर्मीहरुको हकअधिकार कुण्ठित हुन नदिनका लागि अग्र स्थानमा उभिन छ भन्दै युनियन पार्टी भाृत संस्था नभएर स्वतन्त्र प्रेसको पक्ष र लोकतन्त्रको संरक्षणका प्रतिवद्धत रहेको विचार राख्नु भयो ।
युनियनका प्रदेश अध्यक्ष मिनकुमार नवोदित र सम्मानित सञ्चारकर्मी गोविन्द क्षेत्री लगायतले स्वतन्त्र प्रेस युनियनको मुल मन्त्र भएको विचार राख्नु भयो । सोही अवसरमा केन्द्रीय सदस्य डा कोइरालाले युनियन प्रदेश समितिद्वारा स्थापित रु एक करोड रकमको अक्षय कोषको कार्यविधि सार्वजनिक गर्नु भयो । सोकोषवाट सञ्चारकर्मीहरुको स्वास्थ्य वीमा, दुर्घटना उपचार खर्च, आवश्यकक्ता अनुसारको आर्थिक सहयोग लगायत उपलव्ध गराउने व्यवस्था रहेको छ ।
यसअघि स्थापना दिवसको उपलक्ष्यमा आयोजित विराटनगरको महेन्द्र चोकदेखि होटल मनास्लुसम्मको दुई हजार चार सय मिटर दौड प्रतियोतिामा पुरुषतर्फ कपलेश्वर यादव, अनन्तराम चौधरी र सुरेश भट्टराई क्रमशः प्रथम द्धितीय र तृतीय भएका थिए भने महिलातर्फ इन्दु साह, माला पालुङवा, जानुका नेपाल र सुशिला पाठक क्रमशः प्रथम, द्धितीय , तृतीय र चौथो हुनु भएको थियो । केन्द्रीय सदस्य डो काइरालाले विजयी खेलाडीहरुलाई नगद र प्रमाणपत्र प्रदान गर्नु भयो ।