विराटनगर १० जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकताको विषय छानविन गर्दा प्रेस स्वतन्त्रता हनन नहुने बताउनु भएको छ ।
आज विराटनगरस्थित एमाले जिल्ला पार्टी कार्यालयको आग्रभागमा स्थापना गरिएको मदन भण्डारी, पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारीको शालिक अनावरण कार्यक्रममा अध्यक्ष ओलीले नागरिकताको विषय छानवीन गर्दा प्रेस स्वतन्त्रता हनन नभएको प्रस्टाउनुभयो । उहाँले भन्नुभयोे, ‘एक जना मान्छेको नागरिकताको विषयमा छानवीन गर्दा कसरी प्रेस स्वतन्त्रता हनन् भो । कहाँबाट प्रेस स्वतन्त्रता हनन् भयो । प्रेससंग के सम्बन्ध यसको ?’
गृहमन्त्री भएपछि विभिन्न विषयमा कार्वाहीका कुरा अघि बढ्ने उल्लेख गर्दै अध्यक्ष ओलीले सबै कुरालाई नेपाली काँग्रेसले अति बांगोटिंगो गरि अघि बढाएको आरोप लगाउनुभयो । गृहमन्त्री रवि लामिछानेले कान्तिपूर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँधेको भन्ने चर्चाको सन्र्दभमा ओलीले भन्नुभयोे, ‘संयोग त्यस्तो पर्याे होला नि? गृहमन्त्री भएपछि अब कार्वाहीका कुराहरु अगाडि बढ्लान ।’