५० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महशुल छुट गराउँछु : कोइराला

विराटनगर, १६ वैशाख । नेपाली कांग्रेस विराटनगरका मेयरका उमेदवार नागेश कोइरालाले आफू विजयी भए ५० युनिटसम्म विद्युत महशुल मिनाहा गरिदिने बताएका छन् ।

नेपाली कांग्रेस वडा नम्बर विराटनगर १२ समितिले आज आयोजना गरेको घरदैलौ कार्यक्रममा कोइरालाले विपन्न र ५० युनिटसम्म विद्युत खपत गर्ने महानगरबासीको महशुल मिनाहा हुने बताए ।
उनले भने,“मेयरमा विजयी भएर आएँ भने ५० युनिटसम्म विद्युत खपत गर्नेहरुको शुल्क महानगरले व्यवस्थापन गरिदिने छ । यसको लागि स्पष्ट खाका र कार्यक्रम तय गरिने छ ।”

उनले प्राईभेट सरह सुविधा दिने अस्पताल संञ्चालन गरेर नगरवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने दावि गरेका छन । नगर अस्पताल आफ्नो डिम प्रोजेक्ट रहेको बताएका छन ।

उनले विराटनगरका वडा नम्बर १, ३, ४, ५ र १२ नम्बर वडाका स्थानीयसँग अन्तरक्रिया र घरदैलो कार्यक्रम गरेका छन् ।