मुलुकमा अस्थिरताको कारक समानुपातिक मिश्रित निर्वाचन प्रणाली : केसी

विराटनगर २४ वैशाख । मुलुकमा अस्थिरताको कारक नै संविधानमा राखिएको समानुपातिक मिश्रित निर्वाचन प्रणाली रहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताएकाछन् ।

सोमबार विराटनगरमा नेपाल प्रेस यूनियन मोरंगद्धारा आयोजित पत्रकार सम्मेलनमा नेता केसीले समानुपातिकलाई जुन उद्धेश्यमा राखिएको थियो त्यो पूरा हुन नसकेको बताए । पत्रकार सम्मेलनका क्रममा हालको केन्द्रीय गठबन्धन सरकारको अवधि अत्याधिकमा मंसिरसम्म रहने दाबी गरे ।

नेता केसीले भने, ‘सरकारका लागि हामी कसैसंग मिल्ने भन्दापनि अहिले बनेको गठबन्धन सरकार दशैतिहारको सेरोफेरोमा द्वन्दले आफै फेरिनेछन् । तर, महिनैपिच्छे फेरिने गठबन्धनसहितको सरकारले मुलुकको चुनौति र निराशालाई सामना गर्न सक्दैन। अहिले ठूलो दले हुदाँ सबैलाई मिलाएर काँग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ ।’

कोशी प्रदेश सरकारका विषयमा उनले अहिले मध्यावधी निर्वाचनमा जाने अवस्था नहुदाँ सबै दल मिलेर सहमतिमा सरकार निर्माण गर्नुपर्नेमा जोड दिए । नेता केसीले भने, ‘विधानमा अस्पस्टता भएको हुदाँ वैधानिक ब्याख्याको जरुरी रहेको छ । मुख्यमन्त्रीलाई वैधानिक रुपमा मध्यावधिमा जाने अधिकार छ । तर विकल्प खोज्ने संवैधानिक रुपबाट कुनैपनि संसदले सरकार गिर्ने अवस्था भइञ्जेलसम्म यो सरकार अघि बढेको हो ।

संविधानको धारा १, २, ३ , ४ , ५ लाई व्याख्या गर्दा ५ को मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके मध्यावधि घोषणा गर्ने तर, त्यो हुन नसक्दा मुख्यमन्त्री आफ्नो स्थानमा बसिरहन्छु भन्ने नैतिक अधिकार हुन्न । त्यसको विकल्प संवैधानिक व्याख्याले कुन रुप लिन्छ तदअनुसार हामीले स्वीकार्नुपर्छ ।’

त्यसैगरि पछिल्लोसमय नेपाली नोटमा मुलुकको चुच्चे नक्सा राख्ने विषयमा उनले भने, उनले भने, ‘यो खाली राष्ट्रवादी देखाउने लहड नारा दिएर जनतालाई झुक्याउने प्रयत्न हो । यसका निम्ती गर्ने हो भने राष्ट्रिय सहमति साथ गर्नुपर्छ ।’

एकाएक एक सयको नोटमा राष्ट्रवादी नारा दिएर सरकारले जनतालाई झुक्याउने काम गरेको उनको भनाई छ ।