विराटनगर, १५ वैशाख । नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचन अन्तर्गत मतदातासँग भेटघाट गर्ने घरदैलो कार्यक्रमलाई गति दिएको छ ।
मेयर पदका उमेदवार नागेश कोइरालासहित वडाका अन्य विभिन्न पदका उमेदवारसहित घरदैलो अभियानलाई गति दिइएको हो । आज विराटनगर महानगरपालिका वडा नं १ का विभिन्न स्थानमा भएका घरदैलो अभियानमा नेपाली कांग्रेसका केन्द्रीय नेता महेश आचार्य पनि सहभागी हुनुभएको छ । कोइरालाको पक्षमा जनमत सिर्जना गर्न केन्द्रीय नेता उमेदवारसँगै सक्रिय भएका हुन । घरदैलो कार्यक्रमका क्रममा मेयर पदका प्रत्यासी कोइरालाले अब कांग्रेसको नेतृत्वमा बन्ने स्थानीय सरकारले जनचाहनाअनुरुप विकास निर्माणलाई अघि बढाउने बताउनुभयो ।
कोइरालाको आफू जनअपेक्षा अनुरुप नै काम गर्न उमेदवार बनेको स्पष्ट पार्नुभयो । कांग्रेसका केन्द्रीय नेता महेश आचार्यले विराटनगरले युवा उमेदवारलाई अघि सारेको बताउँदै अब देश र स्थानीय तहको विकास कांग्रेस नेतृत्वको सरकारबाट मात्र संभव हुने बताउनुभयो ।