विराटनगर १५ बैशाख । सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले चौथों संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
विराटनगर जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा घरेलु टिम पेमा युवा क्बल विराटनगरलाई ३–१ गोलले हराउँदै एपीएफले उपाधित जितेको हो । जितसँगै एपीएफले नगद २ लाख ११ हजार १ सय रुपैयाँ हात पारेको छ ।
जितको लागि एपीएफको तर्फबाट भरत कपाली, दिसन राई र धनबहादुर श्रेष्ठले समान १–१ गोल गरे । पेमा युवा क्लबको तर्फबाट सान्तवना गोल मिलन राईले फर्काए । यसअघि २०७७ सालमा एपीएफले प्रथम संस्करणको मिल्स गोल्डकपको उपाधि जितेको थियो । त्यसबेला साइनो स्पोर्ट्स क्लव रानी मोरङलाई टाईब्रेकरमा ४–३ गोलले हराउँदै एपीएफले उपाधि जितेको थियो । उपबिजेता बनेको पेमाले १ लाख ११ हजार १ सय ११ रुपैयाँमा चित्त बुझायो ।
प्रतियोगिताको प्लेयर अफ द म्याच एपीएफका दिसन राई घोषित भए । हाइस्कोर एपीएफकै हरी कार्की भए । उनले खेलभरीमा तीन गोल गरे । बेस्ट गोलकिपर एपीएफका सुजन बिक र टुनामेन्ट अफ द इयर पेमा युवा क्लबलका कोमल खवास घोषित भए ।
वैशाख ७ देखि १५ गतेसम्म संचालन भएको प्रतियोगितामा प्रदेश स्तरीय ‘ए’ डिभिजनका आठ टिमको सहभागिता रहेको मिल्स गोल्डकप फुटबल ट्रष्टको अध्यक्ष विष्णुं डंगोलले बताउनुभयो ।