कृषि तथा पुशपालन क्षेत्रको आधुनिकरण आवश्यक

विराटनगर १४ वैशाख । कोशी प्रदेशका उद्योग , कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले मुलुकमा समृद्धि ल्याउन कृषि र पशु पालन क्षेत्रको आधुनिकरण र वजार व्यवस्थापन गर्नुपर्ने बताउनु भएको   छ ।

पशु स्वास्थ्य तथा पशु व्यवसायी परिषद, काठमाण्डौद्वारा आज यहाँ आयाजित दर्ता हुनेवाला पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुलाई आयोजित अभिमुखीकरणको गोष्ठीको उद्घाटन गर्दै उहाँले कृषि क्षेत्रलाई दौडाउनका लागि प्रविधि र व्यवसायिकरण गरेमा सम्पन्नता कृषकको घरआँगनमा आउने विचार राख्नु भयो । उहाँले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद ऐन २०७९ व्यवसायीक र कर्मचारीहरुको हितमा रहेको भन्दै कर्मचारी र व्यवसायीकको मांग आगामी दिनमा सम्वोधन हुँदै जाने आश्वासन दिनु भयो ।

परिषदका उपाध्यक्ष जनकवहादुर रावलले किसानलाई गुणस्तरजन्य पशुजन्य उत्पादनमा ऐन सहयोगी भएको बताउनु भयो । परिषदका अध्यक्ष देवेन्द्र यादव, मन्त्रालयका सचिव लेखराज डा लेखराज दाहाल ऐनले पाठकयक्रम परिमार्जन, परिक्षा संचालन, अनुगमन, आचार संहिता पालन, अध्ययन अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

परिषदका रजिष्टार पूर्णबहादुर वढाले ऐन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । गोष्ठी प्रदेशका १४ जिल्ला पशु स्वास्थ्य क्षेत्रमा आवद्ध कर्मचारी एवं व्यवसायीहरुको सहभागिता रहेको थियो ।