सुनसरी इटहरीका सबै विद्यालयका विद्यार्थीको पोशाक एकैथरी बनाउने निर्णयको अवज्ञा

विराटनगर ९ वैशाख । सुनसरी इटहरीका सबै विद्यालयका विद्यार्थीको पोशाक एकैथरी बनाउने उपमहानगरपालिकाको निर्णय निजी विद्यालयले अवज्ञा गरेका छन् ।

कार्यपालिकाका बहुमत सदस्य, राजनीतिक दल र प्रवुद्ध वर्गको साथ सहयोग रहेको भन्दै निजी विद्यालयको प्रतिनिधिमूलक संगठनहरुले विद्यालयको पोशाकसम्बन्धी निर्णय कार्यान्वयन नगर्न निजी विद्यालयहरुलाई आग्रह गरेका छन् ।

इटहरी उपमहानगरपालिकाले नयाँ शैक्षिक सत्रदेखि सरकारी र निजी सबै शिक्षण संस्थाका विद्यार्थीको पोशाक एउटै बनाउने निर्णय गरेको थियो । यो निर्णयविरुद्ध निजी विद्यालयले उच्च अदतलत विराटनगरमा रिट पनि दायर गरेका थिए । तर, अदालतले निजी विद्यायको माग अनुसार अन्तरिम आदेश जारी गरेन ।

त्यसपछि उपमहानगरपालिकाले नयाँ शैक्षिक सत्रदेखि ड्रेसकोड लागू गर्न सर्कुलर जारी गरेको थियो । तर निजी विद्यालय सञ्चालकहरुको प्रतिनिधिमूलक संगठन प्याब्सन, एन–प्याब्सन, हिसान र मन्टेश्वरी एसोसिएसनले उपमेयरसहित बहुमत कार्यपालिका सदस्य र राजनीतिक दलको साथ रहेको भन्दै पोशाकको निर्णय कार्यान्वयन नगर्न सबै निजी विद्यालहरुलाई आग्रह गरेका हुन् ।