विराट मोडल कलेज : २५० विद्यार्थीलाई स्वागत, १०२ जनालाई विदाई

विराटनगर २९ चैत । विराटनगर– ९ मा रहेको विराट मोडल कलेजले विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम गरेको छ । वीवीएस र वीएड पहिलो वर्षका २ सय ५० जना विद्यार्थीलाई स्वागत गरिएको छ । त्यसैगरी चौथो वर्षका वीवीएस र वीएडका १ सय २ जना विद्यार्थीलाई कलेजले विदाइ गरेको छ ।

कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका परीक्षा सह परीक्षा नियन्त्रक डा.डिल्ली प्रसाइ, कलेज ब्यवस्थापन समितिका अध्यक्ष डा.जनक अधिकारी, प्याब्सन मोरङका कोषाअध्यक्ष बिष्णु डंगोल, कान्तिपुर कलेजका प्रिन्सिपल भुवन नेपाललगायतले बोल्नु भएको थियो ।

वीवीएस र वीएडका कक्षाहरु सञ्चालन रहेको कलेज २०६५ सालमा स्थापना भएको थियो । २०७९ सालबाट नयाँ ब्यवस्थापनमा सञ्चालनमा रहेको छ । कलेजमा एक हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको कलेजले जनाएको छ ।