विराटनगर १७ चैत । आरोहण गुरुकुल विराटनगरमा ‘सत्य हरिश्चन्द्र’ नाटक मञ्चन हुने भएको छ । सुशीला कोइराला नाटकघरमा गुरुकुलले चैत २३ देखि ३० गतेसम्म नाटक मञ्चन गर्न लागेको हो ।
आधुनिक हिन्दी साहित्यका पिता मानिने भारतेन्दु हरिश्चन्द्रले लेखेको नाटकलाईकेदार सत्यालले नेपालीमाभावानुवाद गरेका हुन् । सन् १८७६ मा भारतमा पहिलो पटक प्रकाशित भएको यो नाटकमा सूर्यवंशी सत्यवादी राजा हरिश्चन्द्रको कथा छ ।
नाटकको मूल विषय राजा हरिश्चन्द्रको इमान्दारिता र सत्यको परिक्षा हो । नाटकमा रविन चिमरिया, सविन भट्टराई, सागर विश्वास, प्रदिप दाहाल, दिक्षा चौधरी लगायतको अभिनय छ ।
दैनिक साँझ ५ः३० बजे नाटक मञ्चन गरिने गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिनुभयो ।