विराटनगर १० चैत । खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव हंशराज वाग्लेले आइटिएफ तेक्वान्दो खेलको प्रशिक्षक तीन दिन भित्रमा नियुक्त गर्ने बताएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको छैटौं कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता बोल्दै सदस्य सचिव वाग्लेले ढिलोमा १६ चैतसम्ममा तेक्वान्दो खेलको प्रशिक्षक सरकारले राख्ने बताएका हुन् ।
कोशी प्रदेशमा अन्य विभिन्न खेलका प्रशिक्षक नियुक्ति भएर खेलाडीहरुले अभ्यास गर्दै आएका थिए । तर, प्रदेशबाट राष्ट्रिय प्रतियोगिताहरुमा सबैभन्दा बढी मेडल जितेर ल्याउने तेक्वान्दो खेलको प्रशिक्षक सरकारले राखेको थिएन । तेही भएर आइटिएफ तेक्वान्दो खेलको विकासको लागि प्रदेश सरकारले प्रशिक्षक नियुक्त गरेर अगाडी बढने जानकारी गराए । ‘अहिले नियुक्ति हुने प्रशिक्षक तीन महिनाको करार अवधि हुनेछ । यस अवधिमा प्रशिक्षकको काम हेर्नेछौं । प्रतियोगितमा रिजल्ट दिनु परो । दिन नसक्ने सादा लगाएर बिदाइ गरिदिन्छ ,’ सदस्य सचिव वाग्लेले भने ।
कार्यक्रममा बोल्दै नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्कीले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आइटिएफ तेक्वान्दो खेलबाट खेलाडीहरुले थुपै्र मेडल जितेकोले यस खेलको विकासमा राज्यले ध्यान दिनुपर्ने बताए । ‘राष्ट्रिय र प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो निजी क्षेत्रबाट थुप्रै गरियो । सरकारले पनि आइटिएफलाइ सहयोग गर्दै आएको छ । आगमी दिनमा पनि निरन्तराता दिनुपर्यो,’ अध्यक्ष कार्कीले भने ।