राष्ट्रिय टी–२० क्रिकेट : कर्णाली र लुम्बिनी विजयी

विराटनगर २६ फागुन । विराटनगरमा जारी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली र लुम्बिनी प्रदेश विजयी भएका छन् ।

मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा कर्णाली प्रदेशले विभागिय टोली एपिएफ क्लवलाई ५१ रनले पराजित गरेको छ । जितसँगै कर्णाली समुह ए मा ४ खेलमा २ मा जित र २ मा पराजित हुँदै ४ अंकको साथ शिर्ष स्थानमा उक्लिएको छ । टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ६५ रनको स्कोर खडा गरेको थियो ।

जवाफमा १ सय ६६ रनको लक्ष्य पाएको एपिएफले पुरै ओभर खेल्दै ६ विकेट गुमाई १ सय १४ रन मात्र बनाउन सक्यो ।

दोस्रो खेलमा लुम्बिनी प्रदेशले वागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै सेमिफाइनल नजिक पुगेको छ । लुम्बिनीको यो लगातार ३ खेलमा सत प्रतिशत नजिता निकाल्दै ६ अंकका साथ समुह वी को शिर्ष स्थानमा यथावत रहेको छ । लुबिनीले यस अघि गण्डकी र सुदूरपश्चिमलाई पराजित गरेको थियो । टस जितेर ब्याटिङ गरेको वागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ५३ रनको योगफल तयार पारेको थियो । जवाफमा १ सय ५४ को लक्ष्य पछ्याएको लुम्बिनीले कप्तान देव खनालको सतकले १७ दशमलव २ बलमा ३ विकेट गुमाई लक्ष्य पार गरेको थियो ।

आइतबारको पहिलो खेल गण्डकी र नेपाल पुलिस तथा दोस्रो खेल आर्मी र मधेशविच खेल हुने मोरङ क्रिकेट संघका अध्यक्ष मेहमद साद बाबु कुरैसीले जानकारी दिनुभयो ।