तेजस्वी सहकारीको रक्तदान कार्यक्रम

विराटनगर २६ फागुन । तेजस्वी वचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगर ५ ले आज रक्तदान कार्यक्रम गरेको छ ।

नेपाल रेडक्रस सोसाईटी मोरङको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा ३६ जनाले रक्तदान गरेको तेजस्वी वचत तथा ऋण सहकारी संस्थाकी कार्य समिति सदस्य मीना खनालले जानकारी दिनुभयो । कार्यक्रममा सहकारी संस्थाका सदस्य तथा अन्य गरि ३६ पिन्ट रगत संकलन भएको उहाँले बताउनुभयो ।

अस्पतालहरुमा रगत अभाव भईरहेको सन्दर्भमा थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको खनालले बताउनुभयो । सहकारी संस्थाका अध्यक्ष रमेश आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी संस्थाका पदाधिकारी, सदस्य तथा शेयर सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।