गठबन्धनबाट विराटनगरको मेयरमा कोइराला, उपमेयरमा यादव

विराटनगर, १२ वैशाख । विराटनगर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका नागेश कोइरालाले उम्मेदवारी दिने भएका छन् ।

लामो रस्साकस्सी पछि विराटनगरको मेयरमा कोइरालाल टिकट पाएका हुन ।
मेयरको दौडमा काँग्रेसबाट बर्तमान मेयर भीम पराजुली र केन्द्रीय सदस्य अमृत अर्यालले दौडधुप गरेका थिए ।

सत्तागठबन्धनबाट विराटनगरको उपमेयरमा जसपाका अमरेन्द्र यादवले उम्मेदवारी दिने भएका छन् । जसपाले यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको जसपाका नेता जयराम यादवले जानकारी दिए ।

२०७४ को स्थानीय तह निर्वाचनमा विराटनगरको मेयर र उपमेयर नै काँग्रेसले जितेको थियो ।