विराटनगर २१ फागुन । विराटनगरमा तेस्रो संस्करण इक्युवालिटी कप महिला क्रिकेट प्रतियोगिता २०२४ हुने भएको छ । आज आयोजकले विराटनगरको ज्वाला क्रिकेट मैदानमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा फागुन २२ देखि फागुन २४ गतेसम्म विराटनगर–६ मा रहेको ज्वाला क्रिकेट मैदान प्रतियोगिता सञ्चालन गर्ने फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिनुभयो ।
मुलुकमा महिला क्रिकेट प्रतियोगिता ज्यादै न्यून संख्यामा हुने भएकोले त्यसलाई ध्यानमा राखि राष्ट्रियस्तरमा दक्ष खेलाडी उत्पादनमा सहयोग पुर्याउन खेलको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
प्रतियोगितामा कोशी प्रदेशबाट मोरङ र इलाम गरि २ जिल्ला र मधेश प्रदेशबाट सिरहा र सप्तरीसहित ४ जिल्ला सभागि हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो । लिगको आधारमा खेलाईने सो प्रतियोगितामा उत्कृष्ट दुई टिमले फाइनल खेल्ने खेल संयोजक विशाल साहले बताउनुभयो ।
खेल टि–२० फर्माटमा खेलाइने उनले जानकारी दिनुभयो । ४ दिन सम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिव ५ लाख ५० हजार खर्च हुने संयोजक साहले बताउनुभयो ।