एमालेबाट विराटनगरको मेयरमा सागर थापा

विराटनगर, ११ वैशाख । नेकपा एमालेले विराटनगर महानगरपालिको मेयरमा सागर थापालाई उम्मेदवार बनाउने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली निकट स्रोतका अनुसार थापालाई उम्मेदवार बनाउने तयारी भएको हो ।

विराटनगर महानगरपालिकाका सिफारिस भएका मध्ये थापालाई सबैभन्दा बलियो दाबेदारको रुपमा लिइएको छ ।

थापा एमाले महानगर कमिटी अध्यक्ष हुन् ।