विराटनगर २ फागुन । आज बसन्त पञ्चमी अर्थात सरस्वती पूजा । हिन्दु वैदिक सनातनीहरुले माघ शुक्लपञ्चमीका दिनलाई विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गर्ने गर्दछन ।
नेपाल लगायत हिन्दु धर्ममा विश्वास गर्नेले ज्ञान, बुद्धि र विवेक प्राप्तिका लागि विद्याकी अधिष्ठात्री देवीका रुपमा सरस्वतीको पूजा गर्ने चलन छ । धार्मिकग्रन्थ पुराणमा उल्लेख गरिएनुसार,माघ शुक्ल पञ्चमीका दिन ब्रह्माले सृष्टिमा देवी सरस्वतीलाई आह्वान गरेपछि सरस्वती अवतरित भएको विश्वास गरिन्छ ।
देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लाग्ने गरेको छ । आजको दिन बालबालिकालाई अक्षरारम्भ गराउने चलन पनि छ। आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।
आजका दिनमा विवाह, नयाँ भवनमा बासलगायतका शुभकार्यका लागि साइत हेर्नु नपर्ने मान्यता रहेको छ ।