चुडामणि न्यौपाने स्मृति जिल्ला स्तरीय वादविवाद प्रतियोगितामा एभरेष्ट र साजिलाल माविलाई उपाधि

विराटनगर ९ माघ । मोरङको बुढीगंगा गाउँपालिकास्थित स्मृति बोर्डिङ स्कूलमा मंगलबार सम्पन्न वादविवाद प्रतियोगितामा विराटनगर–५ स्थित एभरेष्ट मावि र सुन्दरहरैचाको साजिलाल मावी प्रथम भएका छन ।

स्मृति इङलिस बोर्डिङ स्कुल नेमुवा बुढिगंगा मोरङको आयोजनामा ‘सामाजिक सन्जालको प्रयोग : नविनतम ज्ञानको खोजीकी, समयको दुरुपयोग’ भन्ने शिर्षकमा पक्ष विपक्षमा वादविवाद गराईएको थियो । उक्त शिर्षकको पक्षबाट साजिलाल र विपक्षबाट एभरेष्ट प्रथम भएका हुन् । तेस्रो स्व. चुडामणि न्यौपाने स्मृतिमा जिल्ला स्तरीय वादविवाद प्रतियोगितामा प्रथम हुने पक्षबाट साजिलाल माविकी आरती अधिकारी र बिपक्षबाट एभरेष्ट स्कुलका अभिनव वस्नेतले नगद १५–१५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

प्रतियोगितामा द्वितीय पक्षबाट डिएभी स्कुल विराटनगरकी सेजल मेहता र बिपक्षबाट जुपिटर सेकेन्डरी स्कुलकी प्रगती अधिकारी हुनुभएको छ । उहाँहरूले नगद १३ –१३ हजार र तृतीय हुने पक्षबाट रेडस्टार माविकी सन्ध्या खड्का र बिपक्षबाट आदर्श माविका आदर्श बरालले नगद ११–११ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नु भएको छ । प्रत्येक वर्ष माघ ९ गते हुने यश प्रतियोगीतामा यस वर्ष मोरङ ११ पालिकाबाट ३७ विद्यालयले सहभागिता जनाएको स्मृति इङलिस बोर्डिङ स्कुलकी संस्थापक प्रिन्सिपल रिता न्यौपानेले बताउनुभयो ।

कार्यक्रम संयोजक राजेश न्यौपानेको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेस पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बुढिगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, उपाध्यक्ष अमृता गच्छदार, मनमोहन प्राबिधिक विश्वविद्यालयका उपकुलपति डा. सुवास श्री पोख्रेल, समाजसेवी राजनितिज्ञ सत्यनारायण चौधरी स्थानीय बुद्धिजीवी, समाजसेवी, शिक्षा प्रेमी बिद्यार्थी लगायतको उपस्थिति थियो ।