कोशी प्रदेश सरकार गठनको एक सय दिनको उपलव्धि सार्वजनिक

विराटनगर ८ माघ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक सय दिनमा गरेका कामहरुको उपलव्धि आज सार्वजनिक गर्नु भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले गत असोज २७ गते गठित सरकारले विराटनगरमा शैलजा आचार्य हृदय रोग केन्द्र संचालनमा ल्याउनुका साथै

सुनसरीको इटहरी उपमहानगरपालिकामा –११ मा एक सय शैय्याको जलन अस्पताल निर्माणका लागि जनस्वास्थ्य सरोकार ट्रष्टसँग सम्झौता गरेको जानकारी दिनु भयो । मुख्यमन्त्री कार्कीले यस्तै अन्य कार्यहरुमा १० वर्ष मुनिका बालबालिकालाई सरकार मातहतका प्रादेशिक अस्पतालका साथै चार बटा निजी अस्पतालवाट आगामी १५ गतेदेखि निःशुल्क उपचारका लागि सम्झौता,संघीय सरकारबाट आगामी १५ दिन भित्र प्रहरी समायोजना गर्ने घोषणा भएर प्रक्रिया अघि वढाइएको ,प्रदेशको पुनः नामकरण गर्ने आन्दोलन पहिचान पक्षधरसंग समस्या समाधानका लागि वार्ता समिति गठन, अनुशासित चालक, सुरक्षित सडक अभियान प्रदेशका सबैस्थानमा शुरुवात गरेको बताउनु भयो । उहाँले प्रदेश सभा खारेजको माग गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसद अम्बरहादुर विष्टलाई सर्वसम्मत रुपमा सभामुखमा निर्वाचित गराएर प्रदेश सभा सबैको भावना समेट्न नेतृत्व प्रदान गरेको,प्रदेशमा उद्योग, व्यापारको दर्ता र नवीकरण सेवा अनलाइनबाट शुरु गरेको ,मोरङको लेटाङ– बुधवारे २९ दशमलव ६० किलोमिटर रणनीतिक महत्वको सडक शिलान्यास गरी निर्माण कार्य शुरु गरेको बताउनु भयो ।

मुख्यमन्त्री कार्कीले अन्य उपलव्धिहरुमा कर्णली प्रदेश सरकारलाई भुकम्प पीडितका लागि रु एक करोड र राहत सामाग्री हस्तान्तरण, खानेपानी सिंचाई तथा उर्जा मन्त्रालयद्वारा मोरङको विराटनगर, सुनसरीको इटहरी र झापाको सुरङ्गा बजारमा तीन बटा विद्युतीय चार्जिङ स्टेशन संचालन र रोजगार प्रवद्र्धनका लागि वेव पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिनु भयो ।

यसैगरी प्रदेश सांसदहरुलाई सांसदको हैसियत प्रदान गर्न र प्रदेशको गरिमा वढाउन स्थानीय तहको अधिकार सुरक्षित गर्दै रु २५ लाख भन्दा वढीको मात्र योजना प्रतिस्थापन विधेयकमार्फत ल्याइएको छ असर वागमती , लुम्विनी, गणकी, कर्णाली प्रदेश र संघीय सरकारले पनि आगामी आथिर्तक बर्षवाट करोड भन्दा माथिको मात्र योजना ल्याउने तयारी जुटेको उहाँले बताउनु भयो ।