विराटनगर, ९ जेठ । आसन्न स्थानीय तहका निर्वाचन सम्पत्र गर्नका लागि निर्वाचन कार्यालय र राजनीतिक दलहरुलाई भ्याई नभ्याई भइरहेको अवस्था छ । प्रदेश नं १ मा कुल कुल १३७ पालिकामा एक हजार १५७ वडा छन् । एक महानगरपालिका र दुई उपमहानगरपालिका रहेको प्रदेशमा कुल १३७ प्रमुख १३७ उपप्रमुख र एक हजार १५७ वडा अध्यक्ष तथा चार हजार ६२८ वडा सदस्यहरु निर्वाचित हुने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
आगामी स्थानीय तहको निर्वाचनमा प्रदेश भरिमा नयाँ मतदाता तीन लाख ५१ हजार ६१० जनाले पहिलो पटक आफ्ना मताधिकार प्रयोग गर्ने भएका छन् । अघिल्लो निर्वाचनमा कुल २९ लाख९३ हजार ७७४ जनाले आ–आफ्ना मताधिकार प्रगोग गरेका थिए । नेपालको संविधान २०७२ जारी भएपछि बनेका नयाँ राजनीतिक संरचनामा स्थानीय तहको आगामी वैशाख ३० गते हुने निर्वाचन दोस्रो हो । आफ्ना मन परेका राजनीतिक दल र प्रतिनिधिहरुलाई मतबाट विजय बनाउने क्रियाकलापमा स्थानीय तहमा नागरिकहरु कस्सिएर लागेको देखिन्छ । अनेक सम्भावना र आकांक्षा बोकेको जनताको आवाज र भावनालाई प्रतिविम्वित गर्न कुनै कसर बाँकी नराख्ने राजनीतिक दलले जनताका माझमा गएर बताइरहेका छन् । कतिपय उम्मेदवार हुन चाहने तर राजनीतिक दलले टिकट नदिने सम्भावना देखिएपछि दल परिवर्तन गर्ने मानिसहरुको लर्को हेरेर पनि अनुमान लगाउन सकिन्छ कि मुलक अहिले निर्वाचनमय भएको छ ।
निर्वाचनलाई भयरहित, निस्पक्ष, स्वतन्त्र बनाउन प्रदेश निर्वाचन कार्यालय विराटनगरले जिल्लामा निर्वाचन अधिकृतको कार्यालयलाई विभित्र अनुसूचि, मतदाता नामावली (सादा), दस्तखत नमूना, नमूना मतमत पठाउने कार्य आज देखि शुरु गरेको छ । यस अघि कार्यालय प्रमुख निर्वाचन अधिकृत,निर्वाचन अधिकृत,राजनीतिक दल लगायत अन्य वर्गमा पनि निर्वाचनमा पालना गर्नु पर्ने आचार संहिताका विषय गम्भीर छलफल एवं बहस पनि सम्पत्र गरेको छ । प्रदेशका सम्पूर्ण स्थानीय तहमा निर्वाचन अधिकृत खटिएको र भोलि प्रदेश भरि जिल्ला निर्वाचन अधिकृत तथा स्थानीय पालिका निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ । प्रदेशमा १६ लाख ९९ हजार ८०० पुरुष , महिला १६ लाख ४५ हजार ५६१ र २३ अन्य गरी जम्मा ३३ लाख ४५ हजार ३८४ मतदाताले निर्वाचनमा आफना मताधिकार प्रयोग गर्ने भएका छन् । प्रदेशमा एक हजार ८७७ मतदान स्थल र चार हजार ५१ केन्द्र छन् ।
प्रदेशमा रहेका १४ जिल्लामा वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्ने कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिनुभयो । जिल्लागत हेर्दा ताप्लेजुङमा पुरुष ४७ हजार ५५ महिला ४२ हजार २५ गरी ८९ हजार ६८० मतदाताले ७३ मतदान स्थल र १२२ मतदान केन्द्र, पाँचथरमा पुरुष ७३ हजार ५७८ महिला ६६ हजार ६४८ गरी एक लाख ४० हजार २२४ मतदाता रहेका छन् । जिल्लामा १०१ मतदान स्थल र १७६ मतदान केन्द्र छन् । इलाममा पुरुष एक लाख ५५ हजार ५५४ महिला एक लाख नौ हजार १९२ , अन्य दुई गरी जम्मा दुई लाख २४ हजार ७४८ मतदाता, १५१ मतदान स्थल र २८५ मतदान केन्द्र छन् । यस्तै झापामा पुरुष तीन लाख २१ हजार ५२० , महिला तीन लाख २४ हजार ७०५ र अन्य नौ गरी जम्मा छ लाख ४५ हजार २३४ मतदाता,२८६ मतदान स्थल र ७५५ मतदान केन्द्र छन् । संखुवासभामा पुरुष ६० हजार ६७८, महिला ५७ हजार ५३ गरी जम्मा एक लाख १७ हजार ७३१ मतदाताका लागि १०३ मतदान स्थल र १६२ मतदान केन्द्र निर्धारण गरिएको छ । तेह्रथुममा पुरुष ३६ हजार ९७३ महिला ३५ हजार ९२२ गरी जम्मा ७२ हजार ८९५ मतदाता, ५७ मतदान स्थल र ९५ मतदान केन्द छन् ।भोजपुरमा पुरुष ६५ हजार २२१, महिला ७० हजार ७०४ र अन्य एक गरी जम्मा एक लाख २५ हजार ९२६ मतदाताका लागि ८७ मतदान स्थल १६० मतनान केन्द्र तोकिएको छ । यस्तै धनकुटामा पुरुष ५७ हजार ७१६, महिला ५८ हजार २४८ जा गरी जम्मा एक लाख १५ हजार ९६४ मतदाता, ११८ मतदान स्थल र १५९ मतदान केन्द्र कायम भएको बताइएको छ ।
मोरङमा पुरुष तीन लाख ६३ हजार ४४८,महिला तीन लाख ५१ हजार ७६९ , अन्य छ गरी जम्मा सात लाख १५ हजार २२३ मतदाताका लागि जनाले तीन सय मतदान स्थल ३००र केन्द्र ८२० कायम भएको छ । सुनसरीमा पुरुष दुई लाख ६९ हजार १४६, महिला दुई लाख ७५ हजार ७१७ र अन्य दुई गरी जम्मा पाँच लाख ३४ हजार ७६५ मतदाताका लागि १६६ मतदान स्थल र ५८१ केन्द्र निर्धारण भएको छ । सोलुखुम्वुमा पुरुष ४१ हजार २६० , महिला ३८ हजार ७५९ गरी जम्मा ८० हजार १९ जनाका लागि १२२ मतदान स्थल र १३४ केन्द्र व्यवस्था गरिएको छ । खोटाङमा पुरुष ७५ हजार छ र महिला ६८ हजार ७४६ गरी एक लाख ४३ हजार ७५२ जनाका लागि १३६ मतदान स्थल र १९४ केन्द्र तोकिएको छ । ओखलढुङ्गामा पुरुष ५९ हजार १६२, महिला ५७ हजार ९२२ र अन्य एक गरी एक लाख ७० हजार ८५ मतदाताका लागि ७९ मतदान स्थल र १५० केन्द्रमा मतदान गर्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ । यसैगरी, उदयपुरमा पुरुष एक लाख १२ हजार ८८५ , महिला एक लाख १० हजार २५१ र अन्य दुई गरी दुई लाख २३ हजार ३८ जनाले ९८ मतदान स्थल र २५८ मतदान केन्द्र प्रयोग गर्ने भएका छन् ।
प्रदेशमामा सवैभन्दा ज्यादा मतदाता मोरङ जिल्लामा सात लाख १५ हजार २२३ रहेको छ भने सबैभन्दा कम तेह्रथुममा ७२ हजार ८९५ रहेको सूचना अधिकारी तीर्थले जनाउनु भएको छ ।
एक मात्र महानगरपालिका रहेको प्रदेशको विराटनगर महानगरपालिमा पुरुष ७० हजार ५२४, महिला ६२ हजार ७१८ गरी एक लाख लाख ३३ हजार १४२ मतदाताका लागि मतदान स्थल २९ र मतदान केन्द्र १४० छन्
मोरङ जिल्लामा एक लाख ४० हजार नयाँ मतदाता थपिएका छन् । जसमा पुरुष ७१ हजार ९५४ , महिला ६८ हजार ७६४ र अन्य छ छन् भने विराटनगर महानगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचन भन्दा यस वर्ष पुरुष नौ हजार ९९८ र महिला नौ हजार ३९३ गरी १९ हजार ३९१ जना मतदाता थप भएको सूचना अधिकारी तीर्थले बताउनुभयो । निर्वाचनलाई उत्साहमय बनाउन तथा स्वतन्त्र, भयरहित, निस्पक्ष, मितव्ययीता एवं धांधलीरहित सम्पत्र गर्नका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुले मतदान स्थल र मतदान केन्द्रहरुको अनुगमन एवं निरीक्षण गरी सुरक्षाका सबै उपाय अपनाउने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनुभयो । उहाँले निर्वाचनका दिन मतदान केन्द्र र मतदान स्थललाई भयरहित एवं सुरक्षाको पूर्णअनुभूति दिलाउन तीन घेरामा जनपद प्रहरी, सशस्त्र र नेपाली सेना रहने तथा कुनै अप्रिय घटना हुने सम्भावना भएमा आधा घण्टा भित्र सेना सहितका सुरक्षा टोली पुग्ने तयारीका साथ अघि बढिरहेको जानकारी दिनुभयो ।
प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कास्यप अधिकारीले आगामी निर्वाचनका लागि सबै कार्यक्रम र तालिकाहरु सार्वजनिक भइसकेको जानकारी दिँदै निर्वाचनमा नागरिक देखि राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकाय र मतदाता समेतले निर्वाचन आचार संहिता पालनामा इमान्दारिता देखाउनु पर्र्ने कुरामा जोड दिनुभयो ।
रासस