विराटनगर ५ माघ । लेटाङ नगरपालिकाका नगरप्रमुख भूपेन्द्र लावतीको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।
आज नेकपा माओवादी केन्द्र लेटाङले तालाबन्दी गरेको हो । नगरप्रमुख लावतीको निर्देशनमा सहिद हरि भट्टराई (परिवर्तन) को सालिक हटाउने कार्य भएको भन्दै त्यसको विरोधमा माओवादीले तालाबन्दी गरेको छ । लेटाङ–४ मा शहिद स्मृति प्रतिष्ठानले पार्क निर्माणको काम सुरुवात भएको थियो ।
लेटाङ नगरबाट १० वर्षे जनयुद्दको समयमा १६ जना लेटाङबासी ज्यान गुमाएका थिए । उनीहरुको शालिकसहित पार्क बनाउने कार्यको सुरुवातकै क्रममा नगरप्रमुख लावतीले अवरोध सिर्जना गर्न नगर प्रहरी परिचालन गरेर शालिक हटाउने काम भएको ठहर गरेका छन् ।