विराटनगर २ माघ । राष्ट्रिय शैक्षिक परामर्श संघ (एनईसीए ) कोशी प्रदेश समितिको अध्यक्षमा सन्तोष लिम्बु (कुरुम्बाङ) निर्वाचित हुनु भएको छ ।
दोस्रो बार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि लिम्बुको अध्यक्षमा ९ सदस्यीय समिति निर्वाचित भएको हो । संघको उपाध्यक्षमा रेणुकान्त यादव (विवेक), सचिवमा नरेन्द्र दंगाल, सह–सचिवमा राजु थापा र कोषाध्यक्षमा मैना राना मगर रहेका छन् । सदस्यहरुमा दिवश भुर्तेल, विष्णु राई, चन्दन माझी र सोनाम रिजाल निर्वाचित भएका छन् ।
सल्लाहकार संयोजकमा प्रमोद श्रेष्ठ चयन हुनु भएको छ । सल्लाहकार सदस्यहरुमा दिवाकरलाल चौधरी, टीका ढकाल र निरज पौडेल चयन भएको नव निर्वाचित अध्यक्ष लिम्बुले जानकारी दिनुभयो । संघमा कोशी प्रदेशका २० वटा कन्सल्टेन्सी आवद्ध भएको संघका सल्लाहकार टिका ढकालले बताउनुभयो ।