नेपाल निजामति कर्मचारी संगठन मोरङद्धारा सेवा निवृत्त १४ जना कर्मचारी सम्मानित

विराटनगर २२ पुस । नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति मोरङले सेवा विवृत्त १४ जना कर्मचारीलाई सम्मान गरेको छ ।
नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि.को संयुक्त आयोजनामा गोपाल फनपार्क कटहरीमा भएको बनभोज कार्यक्रमको अवसरमा सेवा निवृत कर्मचारीहरुलाई सम्मान गरिएको हो ।

सेवा निवृत्त कर्मचारीहरु राजु अधिकारी, गणेशवहादुर कार्की, रुद्र फुयाँल, लेखहरी भट्टराई, उमा तिवारी, डेगप्रसाद दाहाल, कपिल पौडेल, विनोद उपाध्याय, विनोद श्रेष्ठ, रवि खनाल, शम्भु भण्डारी, केदार अधिकारी, गेहराज पोखरेल र हेम खतिवडालाई सम्मान गरिएको संगठनका मोरङ अध्यक्ष ओम सुवेदीले जानकारी दिनुभयो । सम्मानितहरुलाई नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय महासचिव जीवन काफ्ले, संघिय सासंद तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल, नेकपा एमालेका नेता विनोद ढकाल लगायतले खादा र सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय महासचिव काफ्लेले नेपाल निजामति कर्मचारी संगठनको संरक्षणमा रहेको राष्ट्रसेवक सहकारीहरुले देशभरमा ३ अर्वभन्दा बढी कारोबार गरिरहेको बताउनुभयो । संगठन होस् या सहकारी सबैको भूमिकामा अग्रणी गर्ने काम मोरङ जिल्लाले गरेको उनले उल्लेख गर्नुभयो । नेपाल निजामति संगठनले कर्मचारीको हकहितमा काम गरिरहेको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले राजनितिक स्थिरतातर्फ केन्द्रित गराउन जिम्मेवार नागरिकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
संगठनले लामो समय निजामति क्षेत्रमा योगदान दिएर सेवा निवृत भएका कर्मचारीहरुलाई हरेक बर्ष सम्मान गर्दै आएको र आगामि दिनमा पनि सम्मान कार्यक्रमलाई निरन्तरता दिदै जाने संगठनका मोरङका सचिव शालिग्राम कोईरालाले जानकारी दिनुभयो ।

बनभोज कार्यक्रममा सम्मानसँगै विभिन्न अतिरिक्त खेलकुदका क्रियाकलाप पनि सञ्चालन गरिएको थियो ।