कोशी प्रदेशका तीनवटा ठूला उद्योगको विद्युत लाईन काटियो

विराटनगर १६ पुस । कोशी प्रदेशमा विद्युत उपयोग गरेवापत २ अर्ब रुपैयाभन्दा बढि बक्यौता रकम नबुझाउँदा तीनवटा ठूला उद्योगको विद्युत प्रसारण कटौति गरिएको छ ।

विराटनगरस्थित नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख इन्जिनियर उमेश झाका अनुसार लामोसमयदेखि विद्युत उपभोग र प्रिमियमसहितको महसुल नतिरेको अवस्थामा मोरङ, धनकुटा, र सुनसरीका तीन वटा उद्योगको लाईन काटिएको हो । मोरङको बाबा जुट मिल्स, धनकुटाको निगाले सिमेन्ट र सुनसरीको खनारमा रहेको रिलायन्स स्पिनिङ मिल्सको विद्युत लाइन काटेको प्रमुख झाले जानकारी दिए । निर्देशानालयका अनुसार हालसम्म बाबाले ५ करोड ६१ लाख, सुनसरीको रिलायन्स स्पिनिङले १ अर्ब ९४ करोड २६ लाख र धनकुटास्थित निगाले सिमेन्टले १४ करोड २० लाख रुपैया प्राधिकरणलाई तिर्न बाँकी रहेको छ । प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाईन फिडर प्रयोग गरेपछि रकम नतिरेको जनाउँदै पहिलोचरणमा सुनसरीको रियलान्यसको विद्युत काटेको हो ।
निर्देशनालयका प्रमुख झाका अनुसार उदयपुरस्थित उदयपुर सिमेन्टको विद्युत कटौतिबारे निर्णय हुन बाँकी रहेको जानकारी दिए ।

उदयपुर सिमेन्टले प्राधिकरणको ३८ करोड ७८ लाख रकम तिर्न बाँकी रहेको छ। त्यसैगरि, सुनसरीको अरिहन्त मल्टिफाइवर्स, अरिहन्त पोलिप्याक र मोरङको रघुपति जुटमिल्सले समेत ४५ करोड बढि रुपैया प्राधिकरणलाई बक्यौता तिर्न बाँकी रहेको छ। यद्धपी, तीनवटै उद्योगले जिल्ला अदालत मोरङमा प्राधिकरणविरुद्ध मुद्धा दायरगरेका थिए । सोक्रममा पुष ८ गते अदालतले स्टे अर्डर जारी गरेछि हाल प्राधिकरणले तीन उद्योगको विद्युत सेवा कटौति गरेको छैन ।

प्राधिकरणका अनुसार २०७२ सालदेखि २०७५ सालसम्मको समयमा मुलुकका २३९ वटा उद्योग तथा कम्पनीले ३३ केभिएको डेडिकेटेड फिडर र ट्रङ्क लाईन फिडरको सेवा लिएका थिए । सोही सेवा लिएका उद्योगहरुले प्राधिकरणको ठूलो रकम नतिरेपछि विद्युत सेवा काट्न थालेको हो । यसक्रममा १७८ वटा उद्योगहरुले विद्युत महसुल तिरेको र बाँकी ६१ वटा उद्योगको करिब २२ अर्ब बढि रकम प्राधिकरणलाई तिर्नुु