नेपाली कलाकारको सहभागितामा ग्रीसमा भब्य सास्कृतिक कार्यक्रम

उमा थापा

एथेन्स- ग्रीस नेपाली समाजले क्रिसमसको अवसर पारेर सोमबार ग्रीसमा भब्य सास्कृतिक कार्यक्रम गरेको छ । ग्रीसको राजधानी एथेन्समा रहेको होटल प्रेसिडेन्टमा गरिएको कार्यक्रममा सयौ नेपालीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपालबाट चर्चित कलाकारहरु नेपाली रंगमञ्चका चर्चित व्यक्तित्व, शिवहरी आचार्य, हास्यकलाकार जितु नेपाल ( मुन्द्रे), गोपाल नेपाल (फिस्टे), गायकद्वय रामचन्द्र काफ्ले र जुनु रिजालको उपस्थिति रहेको थियो ।

ग्रीस नेपाली समाजले आयोजना गरेको कार्यक्रममा ग्रीसका बरिष्ठ ब्यक्तिहरुको समेत सहभागिता रहेकोे थियो भने लन्डनबाट नेपाली म : म का राजा भनेर चिनिने बरिष्ठ सेफ बिनोद बराल यसैगरी, माल्टा लगायत विभिन्न युरोपेली मुलुकहरूबाट समेत नेपालीहरुको सहभागिता रहेको थियो ।

पहिलोपटक युरोपको ग्रीसमा गरिएको नेपाली सास्कृतिक कार्यक्रममा शिवहरी आचार्य र गोपाल नेपाल को संयुक्त हास्यब्यङ प्रस्तुतिले दर्शकलाइ भरपुर मनोरञ्जन दिएका थिए । यस्तै जुनु रिजाल र रामचन्द्र काफ्लेको सुमधुर संगितमा दर्शक झुमेका थिए । चर्चित हास्यव्यंग्य कलाकार जितु नेपाल मुन्द्रेले दर्शक लाई पेट मिची मिची हसाएका थिए ।

कार्यक्रममा ग्रीसमै बसोबास गर्ने स्थानीय कलाकार साजन जोशीले दुई वटा गितमा आफ्नो स्वरमा दर्सक नचाए भने नवीन परियार, कान्छी गुरुङ, डोल्मा तामाङ, नवीन अधिकारि लगायत अन्य कलाकार हरुको प्रस्तुति रहेको थियो । एनआरएनए ग्रीसका अध्यक्ष कृष्ण पोखरेल, सन्तोष आचार्य, रामु न्यौपाने , राजेश ओझा, दिपक गजुरेल, अनिल गुरुङ लगायतले कार्यक्रमको आयोजना गरेका थिए ।

आयोजक टिमका कृष्ण पोखरेल, सन्तोष आचार्य र रामु न्यौपानेले बिगत केहि समय अगाडि देखिका योजना अनुसार कार्यक्रम गर्न सफल भएको बताउनुभयो । सन्तोष आचार्य र रामु न्यौपानेले कार्यक्रम को सम्पूर्ण ब्यवस्थापन गर्नु भएको थियो ।