विराटनगर २ पुस । कोशीकामुख्यमन्त्री केदार कार्कीले श्रमिकको सम्मानअभिवृद्धिका लागि सीप प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । अन्तर्राष्ट्रिय आपरवासीकामदार दिवसको अवसरमा सामािजकविकास मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममाउनले श्रमिकलाई समानव्यवहार नहुञ्जेल समृद्धि नआउने बताउनुभयो ।
‘श्रमिकको सम्मान छैन त्यसैले हामी पछाडि छौं । उहाँले भन्नुभयोे, यहाँकामकाआधारमाप्रयोग गर्ने भाषा र व्यवहार फरक छ । त्यसमा ठूलो विभेद कायम नै छ ।’मुख्यमन्त्रीकार्कीले श्रमिकलाई गर्ने व्यवहार र बोलीमा घरबाटै सुधार गर्नुपर्ने बताएका छन् । ‘हामीले मिठो खाने तर कामदारलाई जस्तोसुकै खानेकुरा दिने व्यवहारको अन्त्यहुनु पर्छ ।उनले भने, विदेशमाश्रम पसिनाबगाउनेसँग यहाँका नेताहरूले गएर रमाउनुका साथै चुनावमाचन्दा उठाएर खर्च जुटाउने भाँडो बनाएको छ ।’
विदेशमाकाम गर्नेलाई पनि देश हेरेर विभेद हुने परम्परा रहेको उहाँले सुनाउनुभयो । मुख्यमन्त्रीकार्कीले सरकारी कार्यालयका सबै कर्मचारीहरूलाई सबैसँग आदरपूर्ण र समानव्यवहार गर्न निर्देशनसमेत दिएकाहुन् । ‘श्रमिकसँग गर्ने व्यवहारमा समानतानआउञ्जेल परिवर्तन हुँदैन । उहाँले भन्नुभयोे, त्यसैले सरकारमा बस्नेले सबैसँगको व्यवहार र बोलीमाएकरूपताल्याउनु पर्छ, त्यसमा सरकार प्रतिवन्ध छ ।’
विदेशमा काम गर्ने र यहाँकाम गर्नेमा पनि समान व्यवहार नरहेको उहाँको भनाइ थियो । ‘कसैलाई काम गरेको आधारमा हेप्न पाइँदैन । मुख्यमन्त्री कार्कीले भन्नुभयोे, खुल्लाअर्थतन्त्रमाजुन देशमा जे हुन्छ त्यहीबिक्री हुन्छ । श्रम बजारमाआफ्नो हैसियतअनुसार श्रम बेचेर आर्जन गर्ने खुल्लाश्रम बजार छ ।’
सामाजिक विकास मन्त्रालयका सचिव बासुदेव दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमममा उपसचिव कृष्णप्रसाद पोखरेलले कोशी प्रदेशमा श्रम, रोजगार र आप्रवाशनसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । उहाँले सुरक्षित आप्रवाशनका लागि यस प्रदेशका १४ वटै जिल्लामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको बताउनुभयो ।