प्रहरी अस्पताल पुन : स्थापनाको माग गर्दै वाणिज्य संघ बेलबारीले दवाव मुलक कार्यक्रम गर्ने

बेलबारी २८ मंसिर । मोरङको बेलबारीबाट कोशी प्रदेश प्रहरी अस्पताल रातारात सुनसरीको इनरुवामा सारिएको विषयलाई लिएर उद्योग वाणिज्य संघ बेलबारीले विरोध जनाएको छ । विज्ञप्ति जारी गर्दै बाणिज्य संद्धले अस्पताल पुन : स्थापना गर्न माग गरेको छ ।

१५ बेडको अस्पताल सञ्चालनमा आएको ९ महिनापछि मङ्गलवार मध्यरात स्थानीय पालिकासँग कुनै समन्वय र सल्लाह इनरुवामा सारिएपछि जनप्रतिनिधि तथा राजनीतिक दलहरूले विरोध जनाउँदै आएका छन् । जनप्रतिनिधि तथा राजनीतिक दलले गरेको विरोध प्रति उनीहरूले एकबद्धता जनाएका छन् । शुक्रवार दिउसो १ बजे बेलबारी बजारमा सम्पुर्ण राजनीतिक दल सहितको उपस्थितिमा दबाब मूलक कार्यक्रम समेत राखिएको उद्योग वाणिज्य संघ बेलबारीका महासचिव विवेक मिश्रले बताउनुभयो ।

दैनिक ३० जनासम्म ओपिडीमा बिरामी आउने गरेको अस्पतालको अभिलेखमा देखिन्छ । अस्पतालमा ९ औँ तहका चिकित्सकसहित ६० जनाको दरबन्दी थियो ।