उद्योग संगठन मोरङद्धारा आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्न सुझाव पेश

विराटनगर, ६ पुस । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलको नेतृत्वमा गएको संगठनको प्रतिनिधि मण्डलले आज अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद वडुलाई भेटी आर्थिक बर्ष २०७९-८० को बजेटमा समावेश गर्नुपर्ने सुझाव पेश गरेको छ ।

प्रतिनिधि मण्डललमा अध्यक्ष सुयश प्याकुरेल, उपाध्यक्ष नन्दकिशोर राठी, कोषाध्यक्ष विपिन कावरा, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, ईन्द्र खत्री राजन, पारस लुनिया, पूर्व अध्यक्ष मुकेश उपाध्याय, अध्यक्षका सल्लाहकार सोमनाथ अधिकारी र महानिर्देशक चुडामणि भट्टराईको सहभागिता रहेको थियो ।

सो अवसरमा अध्यक्ष प्याकुरेलले चालू आर्थिक बर्ष २०७८–०७९ को बजेटमा उद्योग व्यवसाय क्षेत्रको हितलाई ध्यानमा राखी नेपाल सरकारले समावेश गरेका तर कार्यान्वयनमा नआएका बिषयहरुलाई समेत समेटि तयार पारेको आ.व. २०७८–०७९ को बजेटमा समावेश गर्नुपर्ने निम्न सुझावहरु प्रस्तुत गर्दै प्राथमिकताका साथ कार्यान्वयन ल्याउन अर्थमन्त्री र उद्योग मन्त्रीलाई आग्रह गरेका थिए ।