शर्मा र कट्टेल मानव अधिकार सम्मानबाट सम्मानित हुने

विराटनगर २३ मंसिर । ७५ औं अन्तरराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा दुई जना मानव अधिकारकर्मीलाई सम्मानित गरिने भएको छ ।

मानव अधिकार सञ्जाल विराटनगरले पत्रकार तथा मानव अधिकारकर्मी यज्ञ शर्मा र मानव अधिकारकर्मी बागमति कट्टेललाई मानव अधिकार सम्मानबाट सम्मानित गर्ने भएको हो । अन्तरराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सञ्जालले हरेक वर्ष २ जना अधिकारकर्मीहरुलाई सम्मानित गर्दै आएको छ ।

मानव अधिकार सम्मानबाट यसअघि एक दर्जन बढी अधिकारकर्मीहरु सम्मानित भईसक्नु भएको छ । गत वर्ष माइती नेपालका मोरङ संयोजक विनोद पोखरेल र जागरण नेपालकी प्रतिक्षा वस्नेत सम्मानित हुनु भएको थियो ।

यस वर्षको मानव अधिकार सम्मानबाट सम्मानित व्यक्ति छनोटका लागि मणि अज्र्यालकोको संयोजकत्वमा छनौट समिति गठन गरिएको थियो । ‘भविष्यमा मानव अधिकार संस्कृतिलाई एकिकृत र दिगो बनाउँदै लैजाउँ’ भन्ने मुख्य नारा सहित डिसेम्वर १० अर्थात आईतबार ७५ औं अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाईदै छ ।