विराटनगर २३ मंसिर । विराटनगर महानगरपालिका– १२ स्थित पाञ्चालीमा एक जना मृत अवस्थामा भेटिएकी छन् । महेन्द्र मोरङ क्याम्पसको उत्तरतर्फ पाञ्चालीमा ३३ वर्षीया बन्दना मगर मृत अवस्था भेटिएकी मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिनुभयो ।
आज बिहान मगरलाई कलेज जाने बाटो छेउमा लडेको अवस्था देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको उहाँले बताउनुभयो । मृतक मगरको घर विराटनगर–१४ र माइती सुनसरीको चकरघट्टी हो ।
केही समयदेखि उनी श्रीमानसँग अलग भएर बसपार्कको एउटा होटलमा काम गर्दै आएकी थिइन् । उनका श्रीमान बस मजदुर र एक छोरा चकरघट्टीमा मामा घरमै बस्दै आएको डिएसपी दाहालले बताउनुभयो । मृत्युको कारणबारे अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।