विराटनगर २२ मंसिर । कोशी प्रदेशमा पहिलो पटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङ्ग लगायत १२ विधामा विद्यार्थीहरुलाई शुक्रबार देखि अध्यापन प्रारम्भ गरिएको छ । मोरङको वुढीगंगामा –२ टङ्कीसिनवारीमा रहेको जेभियर्स इङसिल विद्यालयले दुर शिक्षा काठमाण्डौंका प्रशिक्षिकद्वारा आजदेखि तालीम शुरु गरेको छ ।
अहिलेको विश्वका परिवेशमा सुचना प्रविधि लगायतका विषयमा स्वदेश र विदेशमा अध्याधिक मागलाई ध्यानमा राखि एवं मुलुकमा दक्ष जनशक्ति उत्पादन गर्न अध्यापन शुरु गरिएको विद्यालयका उप प्राचार्य जनक ढकालले जानकारी दिनु भयो ।
विद्यालयमा अध्ययनरत कक्षा ३ देखि १० सम्मका पाँच सय विद्यार्थीहरुलाई यस सम्बन्धी अध्यापन गरिने भएको छ । पूर्वाञ्चाल विश्वविद्यालयका सहायक डिन मनोज साह हलवाई, दुर शिक्षाका कृष्ण भण्डारी र विद्यालयका प्राचार्य परेश पोखरेलले संयुक्त्त रुपमा शुभारम्भ गर्दै मुलुकलाई आवश्यक पर्ने सूचना प्रविधिका दक्ष जनशक्ति उत्पादनमा यसले महत्वपूर्ण योगदान पुर्याउने धारणा राख्नु भयो ।
विद्यालयले दुर शिक्षालाई रु १० लाख भुक्तानी गरेको छ भने विद्यार्थीहरुलाई निःशुल्क तालीम दिने व्यवस्था मिलाएको विद्यालयले जनाएको छ । आगामी एक वर्षसम्म दुर शिक्षाले सूचना प्रविधिका ४८ वटा विधामा तालीम दिने छन् ।