विराटनगरका पाँच पसलमा आगलागी

विराटनगर, ६ वैशाख । विराटनगर महानगरपालिका–७ अस्पताल चोकमा रहेका पाँचवटा पसल र होटलमा गएराति आगलागी भएको छ ।

दिपेश होटलसहित कपडा र फलफूल पसलमा आगलागी भएको प्रहरीले जनाएको छ । राति १२ बजेबाट आगो सुरु भएको थियो । पसल र होटल बन्द रहेका बेला आगलागी भएको हो । आगोले जलेर होटलभित्र सुतेका तीन जना घाइते भएका छन् । प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरेको छ ।

दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी छ ।