सुकुना क्याम्पस पूर्व विद्यार्थी समाज पुर्नगठन

विराटनगर १५ मंसिर । मोरङ सुन्दरहरैचा स्थित सुकुना बहुमखी क्याम्पसको पूर्व विद्यार्थीहरुको भेलाले नारायण सुवेदीको अध्यक्षतामा १३ सदस्यीय पूर्व विद्यार्थी समाज पुर्नगठन गरेको छ ।

सुकुना बहुमखी क्याम्पसमा आज आयोजित भेलाले उपाध्यक्षमा भवानी पोखरेल, सचिवमा अर्जुन गजुरेल, सहसचिवमा लावन्यकुमार अधिकारी, कोषाध्यक्षमा प्राञ्जली ढकाललाई चयन गरेको छ । पुर्नगठित समितिको सदस्यहरुमा खेमराज दाहाल, लोकप्रकाश भट्टराई, भक्तिप्रसाद रेग्मी, भोला खतिवडा, गोविन्द श्रेष्ठ, भक्त खड्का, अनिल कार्की र पुष्कर भट्टराई रहनु भएको छ ।

भेलाले ७ सदस्यीय पूर्वस्ववियु पदाधिकारी क्लव समेत गठन गरेको छ । क्लवको संयोजकमा यज्ञराज सुवेदी र सदस्यहरुमा भूपाल बस्नेत, शङ्कर बजगाईँ, राजेन्द्र खवास, लिलाप्रसाद आचार्य, सीताराम न्यौपाने र ऋषिराज रेग्मी रहनु भएको पूर्व विद्यार्थी समाजकी कोषाध्यक्ष प्राञ्जली ढकालले जानकारी दिनुभयो ।

पूर्व विद्यार्थी भेलामा कोशी प्रदेशका पूर्व मन्त्री राजकुमार ओझा, नेपाली कांग्रेस मोरङका सचिव ललित श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।