
विराटनगर १४ मंसिर । लैंगिक हिंसा अन्त्यका निम्ति सरोकावालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आज विराटनगरमा सम्पन्न भएको छ ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र युएनएफपीएसँगको सहकार्यमा मानव अधिकार सञ्जाल विराटनगरले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले महिला हिंसा अन्त्यका लागि सामुहिक सहकार्य आवस्यक रहेको बताएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति मोरङ उपप्रमुख उषा झा, प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बराल, इन्सेक कोशी प्रदेश कार्यालयका प्रमुख सोमराज थापाले लैंगिक हिंसा अन्त्यका लागि जोड दिनु भएको थियो । लैंगिक हिंसा विरुद्धको १६ दिवसीय अभियानको सन्र्दभ पारेर आयोजित अन्र्तक्रिया कार्यक्रममा मानव अधिकार सञ्जाल विराटनगरका संयोजक विनोद पोखरेलले मानव अधिकारको क्षेत्रमा ऐन कानुनहरु बनेपनि कार्यन्वयन पक्ष कमजोर भएको उहाँले बताउनुभयो । उहाँले महिदा हिंसा अन्त्यका लागि सोचमा परिवर्तन आउनुपर्नेमा जोड दिनुभयो । अधिवक्ता कविता वस्नेतले घरबाटै हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । अधिकारकर्मी राधा पासवानले मधेशी महिलाहरु अझैपनि आफ्ना पीडाहरु बाहिर ल्याउन नचहाने गरेको बताउनुभयो । अन्र्तक्रिया कार्यक्रममा सामाजिक विकास मन्त्रालयकी महिला विकास अधिकृत राजकुमारी राईले मन्त्रालयले सचेतना अभियान लैंगिक हिंसा विरुद्धका कार्यक्रमहरु, आर्थिक सशक्तीकरणका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो ।
कार्यपत्र प्रस्तुत गर्दै उहाँले कोशी प्रदेशका १३७ स्थानीय तहमा– लैङ्गिक हिंसा निवारणका लागी संरक्षण कोषको स्थापना, बालविवाह अन्त्यका लागि स्थानीय तह र विद्यालयमा किशोरी सशक्तिकरण कार्यक्रम, दलित विपन्न तथा सिमान्तकृत महिलाका लागि आर्थिक आत्मनिर्भर कार्यक्रम, एकल महिला उद्यमशिलता विकास कार्यक्रम, प्रदेश भरका अल्पकालीन सुरक्षा आवास गृह १६ वटालाई सञ्चालन र व्यवस्थापन खर्च अनुदान वितरण गरिएको बताउनुभयो । कार्यक्रममा गैससका तर्फबाट गैसस मोरङ सचिव सरिता खनालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
‘लैंङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’ भन्ने नाराका साथ नोभेम्वर २५ बाट १६ दिने कार्यक्रम अहिले देशभर सञ्चालन भईरहेको छ ।