
विराटनगर १४ मंसिर । विश्व एड्स दिवसको अवसरमा माईती नेपालले आज साँझ विराटनगरमा दीप प्रज्वलन गरेको छ ।
विराटनगर १३ माईती नेपाल चौकमा दीप प्रज्वलन गरिएको माईती नेपाल विराटनगरका प्रमुख विनोद पोखरेलले जानकारी दिनुभयो । दीपप्रज्वलन कार्यक्रममा विराटनगर १३ का वडाध्यक्ष सुर्यलाल यादव, इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक सन्दिप वेलबासे तथा स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।
एचआईभी एड्सका कारण जीवन गुमाएकाहरुको सम्झनामा दीप प्रज्वल गरिएको उहाँले बताउनुभयो । एचआईभी एड्स रोग विरुद्ध माइती नेपालले जनचेतनामुलक कार्य गर्दै आएको प्रमुख पोखरेलले बताउनुभयो । उहाँका अनुसार एचआईभी पीडितको अधिकारका लागि संस्था स्थापनाकालदेखि नै जनचेतनामुलक कार्य गरिदै आईएको छ । ‘असमानता अन्त्य गरौं, एड्स अन्त्य गरौं, महामारीको अन्त्य गरौं’ भन्ने मुख्य नारा सहित यस वर्षको विश्व एड्स दिवस मनाईदै छ ।
हरेक वर्ष डिसेम्वर १ मा विश्व एड्स दिवस मनाईदै आईएको छ ।