मुख्य पदमा महिला–महिलावीच प्रतिष्पर्धा होस् : महिला जनप्रतिनिधि

विराटनगर १३ मंसिर । मोरङका महिला जनप्रतिनिधिहरुले मुख्य पदमा महिला–महिलावीच प्रतिष्पर्धा गराउन माग गरेका छन् । मुख्य पदहरुमा महिला निर्वाचित भएमात्रै महिलाको क्षमता विकासमा सहयोग पुग्ने बताएका छन् ।

दलित महिला केन्द्र नेपाल (सीडिडब्ल्युएन) ले आज विराटनगरमा आयोजना गरेको स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुको चुनौति, अन्तर र अवसर आदान प्रदान कार्यक्रममा महिला जनप्रतिनिधिहरुले सो कुरा बताएका छन् । दलित महिला केन्द्र नेपालले मोरङका ९ वटा स्थानीय तहमा महिला जनप्रतिनिधिहरुको क्षमता अभिबृद्धिका लागि ‘शी लिड्स’ महिला नेतृत्व कार्यक्रम सञ्चालन गरिरहेको छ । महिला नेतृत्व कार्यक्रम पछि महिला जनप्रतिनिधिहरुले आफ्ना क्षमता अभिबृद्धि भएको बताएका छन् । स्थानीय तहका महिला जनप्रतिनिधिहरुले महिला नेतृत्व कार्यक्रमका कारण बैठकहरुमा आफ्नाकुराहरु निर्धक्क साथ राख्न सकेको बताएका छन् ।

महिला नेतृत्व विकास कार्यक्रमले जनप्रतिनिधि महिलाहरुलाई दिएको विभिन्न चरणको तालिमवाट ज्ञान, शिप र धारणामा विकास भई सक्रिय सुनुवाईका साथै विकास आत्मविस्वासमा अभिवृद्धि भएको बेलबारी नगरपालिकाकी महिला जनप्रतिनिधि मञ्जु रिजालले बताउनुभयो । वडा र कार्यपालिका बैठकमा आफ्ना कुरा राख्नुका साथै कार्यावाहक वडाध्यक्ष वनि प्रभावकारी कार्य सम्पादन गरिएको बताउनुभयो ।

जनप्रतिनिधि भएर आउँदा सुरु अवस्थामा महिला, वालवालिका तथा जेष्ठ नागरिकहरुलाई क्षमता विकासमा रकम विनियोजन गर्ने सन्दर्भमा धेरै महत्व नदिएको अहिले वार्ड र नगर स्तरको वजेटमा महिला, बालबालिका,अपाड्गता तथा जेष्ठ नागरिकको लागि सिप विकास, आय आर्जन तथा क्षमता विकासको लागि महिला सदस्यहरुकै पहलमा कार्यक्रम वजेट विनियोजनमा वढवा हुन थालेको अनुभव सुनाउनुभयो ।

सुन्दरहरैचाकी महिला जनप्रतिनिधि गीता मिश्राले कार्यक्रमहरुमा जनप्रतिनिधि महिलाहरुलाई वक्ताका रुपमा बोल्न नदिनुका साथै प्राय गरि आसन ग्रहणमा छुटाउने र मर्यादाक्रमको वेवास्ता गर्ने गरिएको बताउनुभयो । कार्यालयमा आएका चिठीका कार्यक्रममा समयमा जानकारी नगराउने र अन्तिम समयमा जानकारी गराउँदा बाध्यतावस जानुपर्ने भएकाले प्रभावकारी विषयबस्तु राख्न नसकीएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो,‘ निर्णायक तहमा आफ्नो कुरा राख्दा वेवस्ता गर्ने गरिन्छ ।’

कानेपोखरी गाउँपालिकाकी दुर्गा परियारले आगामी चुनावमा आरक्षणको कोटामा मात्र होईन अन्य स्थान र खुल्ला स्थानमा पनि उमेद्धार उठाउन राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो । सवै पार्टी, पार्टीका कमिटी, पालिका समितिहरुमा मुख्य पदमा पनि महिलालाई स्थान दिन उहाँको माग छ । स्थानीय तहका प्रमुखवाट आफ्ना जनप्रतिनिधिहरुलई समय समयमा अन्तरक्रिया छलफल कार्यक्रम राखि विचार आदानप्रदान तथा विचार विमर्श गर्ने व्यवस्था हँुदा महिलाहरुलाई हौसला प्रदान गर्ने उहाँको भनाई छ ।

कार्यक्रममा नेकपा एमाले मोरङका उपाध्यक्ष बाबुराम कार्किले आगामी निर्वाचनमा एमालेले कार्यकारी पदमा महिलालाई उम्मेदवार बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका राजनीतिक दलहरुका प्रतिनिधिहरुले पनि कार्यकारी पदमा महिलालाई उम्मेदवार बनाउन पहल गर्ने बताएका थिए ।

अन्र्तक्रिया कार्यक्रममा शिक्षक दीपेन्द्र थापाले महिला जनप्रतिनिधिका लागि महिला नेतृत्व कार्यक्रम प्रभावकारी रहेको आफुले पाएको बताउनुभयो । महिला जनप्रतिनिधिहरुका लागि निर्वाचित भएलगत्तै यो कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको सुझाव छ । कार्यक्रममा गैसस महासंघ मोरङ अध्यक्ष विष्णु शर्मा पन्त, परिवर्तनशिल समाज परियोजना संयोजक मुस्कान श्रेष्ठ, स्थानीय तहका उपप्रमुखहरु लगायतले बोल्नु भएको थियो ।

दलित महिला केन्द्र नेपालले स्थानीय तहमा महिला जनप्रतिनिधिहरुको क्षमता अभिबृद्धिका लागि ‘शी लिड्स’ महिला नेतृत्व कार्यक्रम शुरु गरेपछि महिला जनप्रतिनिधिहरुको क्षमता अभिबृद्धि भएको मोरङ जिल्ला संयोजक निलम ढुङ्गेलले जानकारी दिनुभयो । आफ्नो अधिकारबारे थाहा नभएका जनप्रतिनिधिहरु म्हिला नेतृत्व कार्यक्रमपछि निर्धक्कसँग कुरा राख्न सक्ने भएका छन् । उहाँले भन्नुभयो,‘ उहाँहरु स्थानीय तहको नेतृत्व लिन सक्षम हुनु भएको छ ।’