मोरङ व्यापार सङ्घ ट्रेड एक्स्पो पुसमा

विराटनगर ११ मंसिर । मोरङ व्यापार सङ्घ विराटनगरले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन मोरङ व्यापार सङ्घ ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ ।

सङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा विराटनगर–२ मा आगामी पुस ६ गतेदेखि १६ गतेसम्म एक्स्पोको आयोजना गरिने जानकारी दिएको छ । यस क्षेत्रको कृषि, पर्यटन , ठूला औद्योगिक एवं साना घरेलु उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएका सङ्घका अध्यक्ष नविन रिजालले बताउनु भयो । अध्यक्ष रिजालले एक्स्पोमा भारत,बङ्गलादेश पाकिस्तानका उत्पादित वस्तुहरु एव उत्पादनकर्ताहरुको सहभागिता रहने छ । एक्स्पोमा सुदूरपश्चिम तथा दुर्गम क्षेत्रका कृषि तथा साना घरेलु उद्योगका उत्पादनका लागि निःशुल्क स्टल उपलव्ध गराउने सहित २५० बटा स्टल रहने अध्यक्ष रिजालले जानकारी दिनु भयो ।

एक्स्पोले अन्तर प्रादेशिक उत्पादन र सेवाहरुको राष्ट्रिय/अन्तर्राष्टि बजार विस्तार, स्वदेशी एवं विदेशी लगानीकर्ताहरुबीच व्यवसायिक सम्वन्ध र सहकार्य स्थापना , पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार लगायतका कार्य प्रवद्र्धन छ । तीन करोड ५० खर्च लाग्ने छ भने रु १५ करोडको व्यापारि कारोवार हुने विश्वास गरिएको एक्स्पोका संयोजक अनिल साहले जानकारी दिनु भयो । नेपाल र भारतका गरि चार लाख दर्शकले एक्स्पोको अवलोकन गर्ने विश्वास गरिएको छ ।

मोरङ व्यापार सङ्घले विस २०५३ देखि एक्स्पोको आयोजना गर्दै आइरहेको छ ।