विराटनगर ११ मंसिर । विराटनगर कोशी प्रदेशस्तरीय महिलावादी महिला मञ्च आजदेखि विराटनगरमा शुरु भएको छ । होटल मनास्लुमा दुईदिन सम्म चल्ने सम्मेलनको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले महिलाहरुलाई उद्यमी बनाउने बताउनु भयो ।
महिला मानव अधिकार रक्षक सञ्जाल कोशी प्रदेशद्वारा आयोजित कार्यक्रममा उहाँले महिलालाई तालीम मात्र होइन उद्यमी बनाउनका लागि आवश्यक बजेट छुट्याएको हुनाले सोही अनुसार आफु यहाँ बोलिरहेको प्रष्ट पार्नु भयो ।
मुख्यमन्त्री कार्कीले महिलाको आर्थिकस्तर वृद्धि गर्न जुनसुकै कठिन परिस्थितिको पाइलना चाल्न आफु तयार रहेको चर्चा गर्दै जनताको मन मस्तिक आफु गाडिएकोले चाँडै पदबाट नहटने बताउनु भयो । उहाँले सरकार प्रदेशको मानवीय सुचाङक बढाउने कार्यमा लागि परेको बताउदै यो सरकारले अन्य छ वटै प्रदेशका सरकारको यस विषयमा नेतृत्व लिने दावी समेत गर्नु भयो । मुख्यमन्त्री कार्कीले प्रदेशका बालबालिका अव रकमको अभावमा उपचार नपाएर मृत्यु हुनै छैन भन्दै यसका लागि वाटो, सामुदायिक भवन लगायत जस्ता कार्यको बजेट कटौती रकमको जोहो गरेको प्रष्ट पार्नु भयो । उहाँले विभद रहित समाज निर्माण गर्न महिलाहरुलाई अगाडि आउनु पर्नेमा जोड दिदै यस कार्यमा सरकार साथ रहने प्रतिवद्धता समेत व्यक्त्त गर्नु भयो । नेकपा एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले महिला तथा घरेलु हिंसा र समाजमा रहेका कुरिती विरुद्ध लड्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
महिला राष्ट्रिय सञ्जालकी सस्थापक अध्यक्ष डा रेणु अधिकारीले लोकतान्त्रिक पद्धितिमा महिलाको आवाज तीन तहको सरकारले सुन्ने विचार राख्नु भयो । सञ्जालकी प्रदेश अध्यक्ष मञ्जीता उपाध्याय, कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठ, महिला मानव अधिकार रक्षक मोरङककी अध्यक्ष इन्दु चौधरी लगायतले महिलामाथि हुने असमानता एवं अपमानमूलक कार्यको विरोधमा महिलाहरु अगाडि आउनु पर्ने सुझाव दिनु भयो ।
दुई दिने उक्त्त सम्मेलनमा प्रदेश सभाका महिला सदस्यहरु, प्रदेशका १४ जिल्लाका उपप्रमुखहरु, सञ्जालका प्रतिनिधिहरु, मानवअधिकारवादी विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुहरु गरि ३ सय बढीको सहभागिता रहेको छ ।