भुकम्प पीडितलाई कोशी प्रदेश सरकारले १ करोड दिने

विराटनगर १८ कात्तिक । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पका पीडितहरूका लागि कोशी प्रदेश सरकारले एक करोड उपलब्ध गराउने भएको छ ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले कर्णाली प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा १ करोड जम्मा गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता शमशेर राईले बताउनुभयो । मन्त्री राईका अनुसार एक ट्रक जिन्सी उपलब्ध गराउने निर्णय गरेको छ । कमल, त्रिपाल म्याट लगायतका जिन्सी सामाग्री उपलब्ध गराइने प्रवक्ता राईले बताउनुभयो ।

गएराति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडितहरूको उद्धार, राहत र पुनः निर्माणका लागि सहयोग गर्ने निर्णय गरेको हो । जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।