कोशी प्रदेश सरकारबाट एमाले बाहिरियो

विराटनगर १८ कात्तिक । गठबन्धन आवद्ध माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारमा सहभागी भएसगै नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ ।

पार्टीबाट मन्त्री बनेका रामबहादुर मगरले आज पदबाट राजीनामा दिनु भएको हो । उहाँले आज बिहान मुख्यमन्त्री केदार कार्कीलाई निवासमै पुगेर राजीनामा बुझाउनु भएको हो । मुख्यमन्त्री कार्कीले एमालेको सहमतिबिना गठबन्धन दलहरू माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी(बाट शुक्रबार दुई मन्त्री नियुक्त गर्नु भएको थियो ।

आफूहरूको सहमति विपरीत सरकार विस्तार गरेको भन्दै एमालेले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको हो । मगर गत असोज २७ गते मन्त्री नियुक्त भए पनि उहाँको जिम्मेवारी भने तोकिएको थिएन ।