विराटनगर ३० असोज । नेकपा एमाले मोरङले आगामी कात्तिक २५ गते शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।
आज विराटनगरको बसेको जिल्ला कमिटीको नवौं पूर्ण बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पार्टी कार्यालय पाञ्चालीमा चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय भएको जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिनुभयो ।
दशैं, तिहार, नेपाल संवत, छठपर्व, लगायतका चाडपर्वहरुलाई लक्षित गरि शुभकामना आदान–प्रदान कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो । कार्यक्रम व्यवस्थापनका लागि जिल्ला उपाध्यक्ष बाबुराम कार्कीको संयोजकत्वमा व्यवस्थापन समिति बनाएको छ ।
समिति सदस्यहरुमा सन्तोष साह, शान्ति लिम्वु, सन्तोष बान्तबा राई, सागर थापा, रमा रिजाल रहनु भएको छ । नेकपा एमाले मोरङले हरेक वर्ष शुभकानमा अदान प्रदान कार्यक्रम गर्दै आएको छ ।