विराटनगर २५ असोज । कोशी प्रदेशमा सत्ता गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेलगत्तै कांग्रेसको शेखर कोइराला पक्षले एमालेसँग समीकरण गरेको छ ।
नेपाली कांग्रेसका केदार कार्कीले नेकपा एमालेको समर्थनमा कोशी प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको छ । कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित कार्की प्रमुख प्रमुखको कार्यालयमा पुग्नु भएको हो । उपसभामुखसहित एमालेका ४० सांसद छन् ।
बहुमतका लागि ४७ सांसद आवश्यक हुन्छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि हस्ताक्षर गर्दा सांसदलाई ह्वीप नलाग्ने र स्वतन्त्र हैसियत रहने सर्बाेच्च अदालतको व्याख्या छ ।
कोशी प्रदेश प्रमुखको कार्यालयमा एकैपटक दुई समूह मुख्यमन्त्रीको दाबी पेश गर्न पुगेका छन् । एमालेको समर्थनमा कांग्रेस संसद केदार कार्की तथा गठबन्धन उम्मेदवारका रूपमा इन्द्र आङ्बोले मुख्यमन्त्रीमा दाबी गर्नुभएको हो । ४० सिट रहेको एमालेले समर्थन जनाउने भएपछि केदार र्काीको दाबेदारी बलियो बनेको छ । उहाँले आफूसँग कांग्रेसका ९ संसदको समर्थन रहेको बताउनु भएको छ ।
माओवादी दलका नेता आङ्बोले पुरानै हस्ताक्षर बोकेर गएको केदार पक्षको दाबी छ । नयाँ परिस्थितिमा पुरानो हस्ताक्षर काम नलाग्ने भन्दै कार्की समूहले विरोध जनाएको छ ।