कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्धारा पदबाट राजीनामा

विराटनगर २० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिनुअघि नै आफूले प्रदेश प्रमुख समक्ष राजीनामा दिएको उनले बताए ।

मुख्यमन्त्री कार्कीले प्रदेशसभामा पदवाट राजीनामाको घोषणा गरेलगत्तै प्रदेश प्रमुख समक्ष पदबाट राजीनामा दिएका हुन । प्रदेश सभामा उनले कुनै पनि दलको बहुमत नरहेको र दलकाबीचमा सहकार्य हुन नसके थप जटिल मोडमा पुगेको बताए ।

कार्कीले आफ्नो पक्षमा बहुमत नभएपछि विश्वासको मत लिने प्रस्ताव फिर्ता लिएपछि कोशी प्रदेशसभाको बैठक अर्काे सूचना नभएसम्मका लागि स्थगित भएको छ ।