कोशी प्रदेशमा २ मन्त्री र २ राज्यमन्त्री थपिए

विराटनगर ८ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । उहाँले दुई मन्त्री र दुई राज्यमन्त्री थप गर्नु भएको छ ।

नव नियुक्त मन्त्रीहरुमा बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइ, लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बन्नु भएको छ । त्यस्तै रामप्रसाद मेहता उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्री बन्नु भएको छ ।

आजको विस्तारपछि कोशी प्रदेशमा मन्त्रिपरिषद ९ सदस्यीय भएको छ ।