विराटनगर ३ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले संघीयता प्रति नै वितृष्णा पैदा भइरहेको बताउनुभएको छ ।
नवौं संविधान दिवसका अवसरमा प्रदेश सरकारले बुधबार विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले प्रदेशवासीमा संघीयता प्रति नै वितृष्णा पैदा भइरहेको बताउनुभएको हो ।
जनतामा देखिएका निराशा र व्यवस्था माथि नै देखिएको चुनौतिलाई सामना गर्न सबै राजनीतिक दलहरूवीचमा सहमति र सहकार्य गरेर अघि बढ्न आबश्यक रहेको मुख्यमन्त्री कार्कीले बताउनुभयो । मुख्यमन्त्री कार्कीले विषम परिस्थितिमा जनभावनालाई बुझेर अघि बढ्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आग्रह गर्नुभयो ।