विराटनगर २ असोज । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको उपाधि विराटनगरकी प्रिकशा श्रेष्ठ र सुनसरी इटहरीका सुगम ढकालले जितेका छन् ।
प्रिकशाले मिस तर्फ र सुगमले मिस्टरतर्फको उपाधि जितेका हुन् । उनीहरुले जनही ३०–३० हजार रुपैयाँ सहित गिफ्ट ह्याम्पर पाएका छन् । बिजेताले जय मिडिया मेनेजमेन्ट प्रालिको ब्यानरमा निमार्ण हुने नेपाली चलचित्रमा बालकलाकारको भूमिकामा पनि खेल्न पाउने भएका छन् ।
जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगिताको अर्गनाइजेसन च्वाइसको छात्रातर्फ इटहरीकी स्मारिका तिम्सिना, छात्रतर्फ विराटनगरका हृदयांशु अधिकारी घोषित भए ।
मिसतर्फको फस्ट रनर अप दुहबीकी साइमोना पोखरेल, सेकेण्ड रनरअप विराटनगरकी कियाना राई र थर्ड रनरअप सुन्दरहैचाकी प्रतिमा चौधरी भइन् । मिस तर्फको चौथो रनरअप विराटनगरका सारिका खरेल, पाँचौ रनरअप विराटनगरकै रोजा श्रेष्ठ भइन् ।
मिस्टर तर्फको फस्ट रनरअप विराटनगरका अभिनभ उप्रेती, सेकेण्ड रनरअप श्रेयसप्रसाद रिजाल र थर्ड रनरअप इटहरीका उमंग पोखरेल घोषित भए । यसैगरी चौथो रनरअप इटहरीका आकृष्ट कार्की र पाँचौ रनरअप स्वर्णीमराज संग्रौला भए ।
प्रतियोगिताको निर्णायकमा बरिष्ठ अधिवक्ता तथा कोशी प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता चुडामणि आचार्य, मिडिया मन्त्रका प्रवन्ध निर्देशक विकास लामीछाने, रंगकर्मी बाबुराम अर्याल र डा. सुलभ सापकोटा रहनु भएको थियो जय मिडियाका प्रवन्ध निर्देशक जयराज रायले जानकारी दिनुभयो ।
प्रतियोगितामा ७९ जना बालबालिका सहभागि भएका थिए । उनीहरुले एक महिना सम्म प्रतियोगिताबारे तालिम लिएका थिए ।