
काठमाडौं २६ भदौ । बुधबारका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक स्थगित गरी बिहीबार सारिएकाे छ ।
प्रतिनिधिसभा बैठक संविधानसभा अध्यक्ष तथा सांसद सुवासचन्द्र नेम्वाङप्रति शोक व्यक्त गर्न बुधबारकाे बैठक स्थगित गरी बिहीबार बोलाइएको हो ।
सभामुख देवराज घिमिरेको निर्देशनमा संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबारको बैठक स्थगितबारे सूचना जारी गर्नु भएको छ ।
विज्ञप्तिमा संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको कारण भदौ २७ गते १ बजे बस्ने गरी तय भएको प्रतिनिधिसभाको बैठक उक्त मिति र समयमा बस्न नसक्ने भनएिको छ ।
शोक पुस्तिका भदौ २८ गते बिहीबार दिनको ३ बजे बस्ने गरी निर्धारण गरिएको छ ।