विराटनगर २१ भदौ । विराटनगरमा आज ५५ औं संस्करणको राधाकृष्ण रथयात्रा निकालिदै छ । रथयात्राको सम्पुर्ण तयारी पुरा भएको छ ।
आज दिउसो ३ बजेपछि निकालिने रथयात्राको सम्पुर्ण ब्यवस्थापकिय तैयारी पुरा भईसकेको आयोजक समितिले जनाएको छ । यतिखेर रथको सजावटको अन्तिम चरणको काम भईरहेको छ । कलकत्ताबाट झिकाईएका ६ जना कालीगढहरुले रथको सजावट गरिरहेका छन ।
रथयात्रा भब्यरुपमा सम्पन्नगर्न १८ वटा उपसमितिहरु गठन गरिएको छ भने ५ सय बढी स्वयंसेवकहरु समेत छनौट गरिसकिएको आयोजक समितिले जनाएको छ । रथले परिक्रमागर्ने विराटनगरको मेनरोड सहित धरानरोडका पोल तथा घरहरुमा ध्वजापताका तथा भगवान श्रीराधाकृष्णको चित्र अंकित झण्डाहरु टांगिसकिएको छ ।
काठमाण्डौ महानगरपालिकाका मेयर बालेन साहसहित अन्य सबै महानगरपालिका र नगरपालिका मेयर तथा भारतका विभिन्न नगरपञ्चायतका मेयरहरुलाई समेत आमन्त्रण गरिएको आयोजक समितिले जनाएको छ ।