भ्रामक समाचार विरुद्ध कानुनी उपचारमा जान्छौं : जय मिडिया म्यानेजमेन्ट

विराटनगर १८ भदौ । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगितालाई बदनाम गराउने उद्देश्यले कपोकल्पित र भ्रामक समचार प्रकाशित गर्ने केही अनलाइन विरुद्ध आयोजक संस्था जय मिडिया म्यानेजमेन्ट प्रा. लि. कानुनी उपचारमा जाने भएको छ । प्रालिले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो ।

केही दिन अगाडी सुनसरीको धरानबाट सञ्चालित अनलाइनले भदौ २३ गते हुने मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिताको फाइनल प्रतियोगितालाई लिएर भ्रामक समचार प्रकाशित गरेको आयोजक संस्थाले बताएको छ । ‘यो एउटा प्रतिष्ठित ब्यूटी प्याजेन्ट प्रतियोगिता हो । हामीले यो प्रतियोगिता प्रत्येक वर्ष बिवाद रहित र निष्पक्ष तरिकाले गर्दै आइरहेको सर्वविदितै छ । अहिले हामी छैठौं संस्करणको अन्तिम तयारीमा छौं ।

प्रतियोगितामा सहभागि भएका बालबालिकालाई एक महिनाको निर्धारित तालिमको कोर्ष पुरा गरिसकेका छौं । फाईनल प्रतियोगिताको सम्पूर्ण तयारी भईरहेको समयमा मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिताको विषयलाई लिएर केहीअनलाइन संचारमाध्यममा आएको समाचारप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ,’ जारी प्रेस विज्ञाप्तीमा भनिएको छ ।